१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

काठमाडौं १३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना



अ+ अ-

काठमाडौँ । नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना गरी वृक्षारोपण गरेको छ ।

शनिवार काठमाडौं विष्णुमति करिडोरस्थित निलबराहीको टंकेश्वर वडा नम्बर १३ मा वृक्षारोपण गरिएको हो । स्व.मदनकुमार भण्डारीको ७२ औं स्मृति दिवस पारेर काठमाडौं उपत्यकालाई शहरीकरण, सौन्दर्यकरण र सुविधाको शहर बनाउने अभियान अन्तर्गत वातावरण सुन्दर होस् र कोही पनि भोको रहनु नपरोस् भन्नका लागि शहरी सौन्दर्यीकरण बढाउन र खाद्य सम्प्रभुताको विषयलाई पनि आम जनताको बीचमा चेतना फैलाउन यो अभियान सञ्चालन गरेको हो ।

वृक्षारोपण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग बोल्दै वागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयाँलले वातावरण, नदी, सम्पदा संरक्षणको क्षेत्रमा, सुविधा उपलब्ध गराउने क्षेत्रमा वृक्षारोपणको कार्यक्रम राखेको बताउनु भयो । उक्त क्षेत्र काठमाडौं उपत्यकाको पिछडिएको क्षेत्र भएकाले सो क्षेत्र प्रवद्र्धनका लागि वृक्षारोपण गरेको बताउनु भयो । वातावरण संरक्षणका साथै नदी संरक्षणका लागि पनि पहल गरेको बताउनु भयो ।

उहाँले अब काठमाडौं शहर संरुक्षणको काममा सबैले हातेमालो गर्न जरुरी रहेको बताउनु भयो ।