२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

त्रिवि शिक्षण अस्पतालका कर्मचारी मृत फेला, प्रशासन प्रमुखसहित चार पक्राउ



अ+ अ-

काठमाडौं ।  त्रिभुवन शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको फार्मेसी प्रमुख अमृत पोखरेल झुण्डिएको अवस्थामा आज बिहान फेला परेका हुन् । पोखरेल फेला परेसँगै प्रहरीले अस्पतालका प्रशासन प्रमुखसहित चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले मृतकले लेखेको सुसाइड नोटका आधारमा अस्पतालका प्रशासन प्रमुखसहित चारजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इन्चार्ज जुना स्थापित, फार्मेसी सहायक विष्णु पौडेल र कृष्ण पन्त रहेका छन् । परिवारले आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता रिजालले बताउनुभयो । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त, महाराजगञ्जको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । रासस