
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेट गर्नुभएको छ ।
एक दिने नेपाल भम्रणका लागि आज यहाँ आइपुग्नुभएका सहायक विदेशमन्त्री लूले अध्यक्ष ओलीसँग उहाँकै निवास बालकोटमा भेटवार्ता गर्नु भएको हो ।
सहायक विदेशमन्त्री लूले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्नुहुनेछ । यसअघि लूले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेटवार्ता गरिसक्नुभएको छ ।
तस्बिरः ओलीको सचिवालय