८ बैशाख २०८२, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सीता दाहालको राजकीय सम्मानसहित अन्त्यष्टी गरिने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्यष्टी गरिने भएको छ ।

प्रधानमन्त्री दाहाल पत्नी सीता दाहालको बुधवार बिहान ८:३३ बजे निधन भएको हो । आकस्मिक रुपमा बुधवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले स्व. दाहालको अन्त्यष्टी राजकीय सम्मानसहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँले स्व. दाहाललाई नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी, नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)की नेतृ एवं केन्द्रिय सल्लाहकार सीता दाहालको ६९ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएकोमा नेपाल सरकार गहिरो शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । यस दुखद् घडीमा सम्माननीय प्रधानमन्त्रीज्यु, शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति नेपाल सरकार हार्दिक समवेदना प्रकट गर्दछ ।

संवत २०२८ सालदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा आवद्ध रही समाज रुपान्तरणका लागि भएका सशस्त्र संघर्ष लगायतका सबै खाले आन्दोलनहरुमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएकी स्वर्गिय दाहालको निष्ठा, त्याग र संर्घषमय जीवनका उदाहरणीय पक्षलाई सबैले आत्मसात गर्नसक्नु उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको रहेको छ । र दोस्रो निर्णयको रुपमा दिवंगत सीता दाहालको अन्त्यष्टीको समयमा राजकीय सम्मान स्वरुप नेपाली सेनाको दुई सेनामुख स्कर्टप्रति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने पनि निर्णय गरको छ ।’

मन्त्रिपरिषद् बैठकले स्व. दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेको छ ।