२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आगामी बजेटबाट केही नेता, मन्त्री र विचौलिया बाहेक अरु खुशी छैनन्: तारामान स्वाँर



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले आगामी आर्थिक वर्षको बजेटबाट केही नेता, मन्त्री र विचौलियाहरु बाहेक सबै असन्तुष्ट रहेको बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सत्ता पक्ष भएकाले आफूहरुले बजेट पास गर्नुपर्ने बाध्यता भएपनि सन्तुष्टिका साथ पास नहुने बताउनु भयो । उहाँले खर्च कटौतिको प्रश्ताव पेस गर्नुको स्थानमा बजेट संशोधनसहित अघि बढाउने प्रणालीको विकास गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अन्य विधेयकमा जस्तै आर्थिक विधेयकमा पनि यहाँ मान्यज्युहरुले खर्च कटौतिको प्रश्ताव पेस गर्नुभयो । खर्च कटौतिको प्रश्ताव होइन, संशोधनसहित परिमार्जन गर्ने प्रणालीको निर्माण गर्नुपर्छ । सत्ता पक्ष र प्रतिपक्ष सबै राजनीतिक दलहरु मिलेर आर्थिक प्रणाली र बजेट प्रणाली परिवर्तन गर्न प्रयास गर्नुपर्छ । मन्त्रालयगत विनियोजनसम्म आउँदा प्रतिपक्षका मात्रै होइन, हामी सत्ता पक्षका मान्यहरु समेत सन्तुष्ट छैनौँ । केही नेता र मन्त्री र विचौलियाहरु बाहेक सबै असन्तुष्ट छन् । प्रतिनिधि सभामा त पारित भइसकेको छ, सत्ता पक्षका हामी सांसदले पारित त राष्ट्रिय सभामा पनि गरौँला तर सन्तुष्टिका साथ होइन ।’

राष्ट्रिय सभा सदस्य स्वाँरले सत्तापक्षकै सांसदहरुले पनि बजेट सन्तुष्टिका साथ पास गर्ने स्थिति नरहेको जिकिर गर्नुभयो ।