काठमाडौँ । काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाएर मनाङ एयरको हराइरहेको हेलिकप्टरको खोजी गरिने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाको अनुसार सोलुखुम्बुको लामजुरा आसपासको क्षेत्रमा खोजी केन्द्रित गरी हेलिकप्टर पठाउन लागिएको छ ।
हेलिकप्टर लिखुपिके गाउँपालिकास्थित लामजुरामा दुर्घटना भएको अपुष्ट जानकारी आएपछि २ नम्बर वडाका अध्यक्ष ङवाङ ठिले शेर्पाले हेलिकप्टर खोजिको लागि प्रहरी परिचालन गरिसकेको बताएका छन् ।
सोलुखुम्बुको सुर्केबाट विहाना ९ः५२ बजे काठमाडौँका लागि उडेको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर विहान १०ः१ बजे सम्पर्कविहीन भएको थियो । हेलिकप्टरमा पाँच जना यात्रु मेक्सिकन नागरिक छन् भने एकजना नेपाली चालक सवार छन्।