२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

श्रावण महिनामा भगवान शिवको आराधना कसरी गर्ने ?



अ+ अ-

काठमाडौँ । १९ असार (जुलाई ४) देखि पवित्र महिना सुरु भएको छ । धार्मिक मान्यता अनुसार यस पवित्र महिनामा भगवान शिवको पूजा आराधनाको विशेष महत्व रहेको छ । साउन महिनामा भगवान शिवको आराधना गर्नाले साधकले बल, बुद्धि, ज्ञानलगायत धेरै कुरा प्राप्त गर्ने शास्त्रमा उल्लेख छ ।

यसका साथै जीवनमा आउने धेरै प्रकारका समस्याहरू पनि हट्छन् । ज्योतिष र वास्तुशास्त्रमा साउन महिनाको सन्दर्भमा केही उपाय र नियम पनि दिइएको छ । जसको पालना गर्नाले व्यक्तिले विशेष लाभ पाउँछ ।

यस दिशामा राख्नुहोस् भगवान शिवको मूर्ति
शास्त्रमा भनिएको छ कि भगवान शिवको मूर्ति त्यही दिशामा राख्नु पर्छ जसमा भगवान शिव बास गर्नुहुन्छ । भगवान शिवको वासस्थान कैलाश हो र कैलाश उत्तर दिशामा रहेको बताइन्छ । त्यसैले यस दिशामा भगवान शिवको प्रतिमा वा चित्र स्थापना गर्नुहोस् ।

सरसफाइमा विशेष ध्यान दिनुहोस्
साउन महिनामा शिव तथा देवी देवताको पूजा गर्दा सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यसका साथसाथै घरको मन्दिरमा स्थापित देवी–देवताका मूर्तिहरूलाई समय–समयमा सफा गरिरहनुहोस् । यसो गर्नाले जीवनमा सुख र समृद्धि प्राप्त हुन्छ ।

सम्पूर्ण परिवारको तस्बिर राख्नुहोस्
भगवान शिवको तस्बिर स्थापना गर्दा उहाँको सम्पूर्ण परिवारको तस्बिर लगाउने कुरामा पनि ध्यान राख्नुहोस् । यसको अर्थ माता पार्वती, भगवान गणेश र भगवान कार्तिकेय चित्रमा उपस्थित हुनुपर्छ । यसो गर्नाले भगवान शिवको पूजा गर्दा विशेष फल प्राप्त हुन्छ ।

यस्तो छवि स्थापना नगर्नुहोस्
साउन महिनामा भगवान शिवको मूर्ति स्थापना गर्दा उहाँको तस्बिर क्रोधित मुद्रामा राख्नु हुँदैन भन्ने कुरामा ध्यान दिनुहोला । यसो गर्नाले घरमा नकारात्मक ऊर्जाको प्रभाव बढ्न सक्छ । साथै, स्थानीयहरूले भगवान शिवको क्रोधको सामना गर्नुपर्ने हुन सक्छ । यसैले उहाँको मुस्कान र सम्पूर्ण परिवारसँग पवित्र स्थानमा एक तस्बिर स्थापना गर्नुहोस् ।