९ मंसिर २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भारतीय सिनेमाको १२७ वर्ष पूरा, पर्दामा रेल गुडेको देखेर दर्शक भागेका थिए



अ+ अ-

एजेन्सी । ७ जुलाई १८९६ । स्थान – वाटसन होटल, मुम्बई । साँझ ६ बजेतिर होटलको अडिटोरियममा सहरका दुई सय ख्यातिप्राप्त धनीहरू भेला भए । यहाँ एउटा चमत्कार गर्नुपर्ने थियो । सभाहलको एक छेउमा सेतो पर्दा लगाइएको थियो, जसको अगाडि आज थिएटरमा जस्तै सबै कुर्सीमा बसेका थिए ।

केही अङ्ग्रेजहरू यहाँ देखाउन लागेका थिए जसलाई सिनेमा भनिन्छ । स्क्रिनमा मानिस र जनावरहरू हिँडेको देखिने दाबी गरिएको थियो । यो चमत्कार हेर्न यी २ सय जनाले १ रुपैयाँ तिरेर टिकट किनेका थिए । सन् १८९६ को त्यो अवधिमा सुन एक रुपैया तोला मात्र थियो ।

अडिटोरियम अँध्यारो भयो र सिनेमा सुरु भयो । जुन दाबी गरिएको थियो त्यो सत्य सावित भयो । केही मानिसहरु अगाडि सेतो पर्दामा फ्याक्ट्री छोड्दै थिए, यो फिल्मको नाम थियो ‘कामदारहरू लुमिएर फ्याक्ट्री छोड्दै’ । यो साँच्चै एक चमत्कार थियो । मानिसहरू आँखा गाढेर पर्दातिर हेरिरहेका थिए । यो कसरी सम्भव छ ? कपडाको पर्दामा मान्छे कसरी हिँडेको देख्न सकिन्छ । यो प्रश्न सबैको अनुहारमा देखिन्थ्यो । ४६ सेकेन्डको फिल्म सकियो । मानिसहरू अचम्ममा परेका थिए । यो साँच्चै एक चमत्कार थियो ।

केही समयपछि दोस्रो फिल्म सुरु भयो, त्यो पनि केही सेकेन्डको थियो । नाम थियो ‘द अराइभल अफ ए ट्रेन’ जसमा प्लेटफर्ममा रेल आउँदै गरेको देखाइने थियो । फिल्म सुरु भयो र स्क्रिनमा चलिरहेको रेल देखेर होहल्ला मच्चियो । फिल्म हेरेका मानिसहरूले ट्रेन साँच्चै उनीहरूतिर आउँदै गरेको महसुस गरे । अब रेलले लागेर मारिनेछ । थिएटरका सबै महिलाहरू डरले बेहोस भए । अधिकांश पुरुष दर्शक थिएटरबाट भागे । आज अंग्रेजहरूले रेलले कुचेर मार्नेछन् भन्ने सबैलाई लागेको थियो ।

करिब १२७ वर्षअघि भारतमा यही शैलीमा सिनेमा सुरु भएको थियो । तर, पूर्वनिर्धारित योजनाअनुसार यो हुन सकेको थिएन । चलचित्रको शो अष्ट्रेलियामा हुने तय भएपनि चलचित्र लिएर अस्ट्रेलिया जान लागेका लुमिएर ब्रदर्सको कार्यक्रम रद्द भएको थियो । त्यसपछि उनले सोचे कि भारतमा नै फिल्म किन नदेखाउने ? यहीँबाट भारतमा चलचित्र प्रदर्शन गर्ने प्रक्रिया सुरु भएको थियो ।

यो १८७८ को कुरा हो, जब बेलायतका वैज्ञानिक एडवर्ड मुयब्रिज दौडिरहेको घोडाका चारै खुट्टा हावामा छन् कि छैनन् हेर्न चाहन्थे । यसका लागि उनले दौडने घोडाको श्रृंखलामा फोटो खिच्न ४० वटा स्टिल फोटोग्राफी क्यामेरा प्रयोग गरे । खुट्टाको स्थिति जान्नको लागि, एडवर्डले सबै चित्रहरू एक–एक गरी परिवर्तन गरे । जब चित्र गतिमा परिवर्तन भयो, उनले त्यो घोडा स्थिर छवि भए पनि दौडिरहेको देखे ।

लुमिएर ब्रदर्सले आफ्नो फिल्म र पैसा कमाएर संसार घुमिरहेका थिए । १८९६ मा ६ वटा फिल्म लिएर उनी अष्ट्रेलिया जाँदै थिए, तर भ्रमण रद्द भएपछि बीचमै भारतमै बस्नुपर्‍यो । भारतमा ब्रिटिस शासनको बीचमा लुमिएर ब्रदर्श मुम्बईमा बस्नुपर्दा उनीहरूले आफ्नो फिल्म भारतमा किन नदेखाउने भनेर सोचे । दुबै वाटसन होटलमा बसिरहेका थिए, त्यसैले उनीहरूले त्यहाँ स्क्रिनिङ गर्ने निर्णय गरे ।

फिल्मको प्रिमियर ७ जुलाई १८९६ मा भएको थियो, जहाँ शहरका २०० प्रसिद्ध धनी व्यक्तिहरू १ रुपैयाँको टिकट लिएर फिल्म हेर्न आएका थिए । त्यो स्क्रिनिङमा लुमिएर ब्रदर्शले पहिलो फिल्म ‘वर्कर लिभिङ द लुमिएर फ्याक्ट्री’ देखाए । त्यो दिन भारतमा सिनेमा आयो । मानिसहरूले त्यो फिल्म यति मन पराए कि लुमिएर ब्रदर्शले आफ्ना फिल्महरू नोभेल्टी थिएटरमा थप केही दिन देखाए ।

१८९७ मा, विदेशी फिल्म निर्माता प्रोफेसर स्टीभेन्सनले कलकत्ताको स्टार थिएटरमा एक फिल्म प्रस्तुतीकरण गरे । प्रस्तुतिलाई भारतीय फोटोग्राफर हीरालाल सेनले आफ्नो मोशन क्यामेरामा रेकर्ड गरेका थिए र अर्को वर्ष स्क्रिनिङ गरेका थिए । १८९८ मा रिलिज भएको हिरालालले उक्त फिल्मको नाम ‘द फ्लावर अफ पर्सिया’ राखेका थिए । यो भारतको पहिलो चलचित्र थियो । एक वर्ष पछि, जब एचएस भाटावडेकरले मुम्बईको ह्याङ्गिङ गार्डेनमा कुस्ती खेल रेकर्ड गरे, यो भारतमा रेकर्ड गरिएको पहिलो डकुमेन्ट्री फिल्म बन्यो ।

वर्षौं पछि, दादासाहेब तोर्नेले १९१२ मा भारतको पहिलो फुल लेन्थको फिल्म बनाए, यद्यपि यो एक नाटकको रेकर्डिङ थियो, त्यसैले यो पहिलो फिचर फिल्मको रूपमा योग्य भएन । अर्को वर्ष १९१३ मा, दादासाहेब फाल्केले भारतको पहिलो फिचर फिल्म ‘राजा हरिश्चन्द्र’ बनाए ।

१९०४ मा, फिल्महरूको कमाई मापन गर्न बक्स अफिस शब्द पेश गरिएको थियो । यो शब्द १७८६ बाट थिएटरको टिकट बेच्ने झ्यालको लागि प्रयोग भएको थियो, तर १९०४ बाट यो फिल्मको कलेक्शनका लागि प्रयोग हुन थाल्यो ।

विश्वको पहिलो रंगीन फिल्म ‘अ भिजिट टु द सीसाइड’ हो । यो ८ मिनेटको फिल्म ब्रिटिस भाषामा बनेको थियो, जसमा केही महिला समुद्र तटमा देखिएका थिए । यो इङ्गल्याण्डको ब्राइटन साउदर्नको समुद्र तटमा छायांकन गरिएको थियो । यो जर्ज अल्बर्ट स्मिथ द्वारा बनाईएको थियो । भारतमा भने रंगीन फिल्महरूको युग आउन १९ वर्ष लाग्यो । सन् १९३७ मा अर्देशिर इरानीले भारतको पहिलो रंगीन फिल्म ‘किसान कन्या’ बनाएका थिए ।

साउन्ड रेकर्डिङको आविष्कार १९२० मा भएको थियो र ६ अक्टोबर १९२७ मा विश्वको पहिलो टक फिल्म ‘द ज्याज सिंगर’ रिलिज भएको थियो । टकिङ फिल्म भनेको फिल्ममा क्यारेक्टरका संवाद र पृष्ठभूमिमा संगीत थियो । यसअघि रेकर्डिङ सुविधा नभएको अवस्थामा मौन फिल्म मात्र बन्ने गरेको थियो जसका लागि केही अर्केस्ट्रा खेलाडीहरू पर्दा नजिकै बस्ने गर्दथे । हरेक दृश्य अनुसार संगीत दिनुपथ्र्यो ।

यो फिल्म वार्नर ब्रदर्सले निर्माण गरेका थिए । सुटिङकै क्रममा सबै दाजुभाइलाई निमोनिया भएको थियो भने एकजना साम वार्नरलाई ब्रेन इन्फेक्सन भएको पत्ता लागेको थियो । त्यसको केही समयपछि उनी कोमामा गए र द ज्याज सिंगर रिलिज हुनुभन्दा एक दिन अघि नै उनको मृत्यु भयो । वार्नर ब्रदर्स मध्ये कोही पनि फिल्मको प्रिमियरमा पुग्न सकेनन् ।

सन् १९२७ मा साउन्ड फिल्म संसारमा आयो तर भारतको पहिलो ध्वनि फिल्म १९३१ मा ‘आलम आरा’ बनेको थियो । कलर फिल्मजस्तै साउन्ड फिल्महरू पनि अर्देशिर इरानीले भारतमा ल्याएका थिए ।