११ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पार्टीको रुपान्तरण प्रक्रियाको खाका स्पष्ट पार्न कांग्रेस जिल्ला सभापतिहरुको नेतृत्वलाई आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपमा बसिरहेको जिल्ला सभापतिहरुको भेलामा जिल्ला सभापतिहरुले पार्टीको रूपान्तरण प्रक्रियाको खाका स्पष्ट पार्न नेतृत्वलाई आग्रह गरेका छन् ।

कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले बोलाएको जिल्ला सभापतिहरूको भेलामा प्रतिनिधिसभा सदस्य एवं संखुवासभा जिल्ला सभापति दीपक खड्काले पार्टीको रूपान्तरणबारे स्पष्ट गर्न माग गर्नुभयो ।

अहिले पार्टी रूपान्तरणको कुरा उठिरहेको छ भन्दै उहाँले भन्नुभयो, “गुटको रूपान्तरण हो कि पार्टीकै रु यसमा कस–कसलाई समेट्ने हो ?”

कांग्रेस सरकारमा भए पनि नागरिकले अनुभूति गर्न नसकेको भन्दै उहाँले पार्टी सरकारमा भए पनि समन्वय हुन नसकेको बताउनुभयो ।

युवा तथा खेलकुदमन्त्रीसमेत रहेका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले अर्थमन्त्री प्रकाशशरण महतले आफ्नै क्षेत्रमा बजेट केन्द्रित गरेको गुनासो गर्नुभयो । उहाँले आफैँले पनि मन्त्रालयमा पर्याप्त बजेट नपाएकोसमेत बताउनुभयो ।