२७ चैत्र २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ – एमाले



अ+ अ-

काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएको छ । बुधबारको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले भने ‘प्रधानमन्त्रीको अभिव्यक्तिपछि उहाँले नैतिकताको आधारमा प्रधानमन्त्रीको पदमा बस्नु उपयुक्त हुँदैन । उहाँले राजीनामा दिनुपर्छ । जोसुकै मानिस प्रधानमन्त्री बनोस् , जो दिल्लीतिर नभई नेपालतिरै फर्किने होस् । जसले यो देशको सार्वभौमिकता र स्वाभिमानको रक्षा गर्न सकोस् ।’

उनले अगाडि प्रश्न गरे – ‘ उहाँ जनताको अगाडि कसरी प्रधानमन्त्री भनेर जानुहुन्छ ? यो विषय क्लियर नभएसम्म र प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो बैठक अगाडि बढ्न सक्दैन ।’

प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा दाहालले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मिहिनेत गरेको र पटक–पटक दिल्लीसमेत धाएको अभिव्यक्ति दिएका थिए ।