२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बजेटमा प्रतिपक्षी दलका सुझाव समेट्ने बागमती प्रदेश सरकारको निर्णय



अ+ अ-

मनहरि । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रतिपक्षी दलले दिएका सुझाव समेट्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सत्तारुढ तथा प्रतिपक्षी दलले उठाएका विषयहरु बजेटमा समावेश गर्ने निर्णय गरेको हो । मङ्गलबार बसेको प्रदेशसभाको बैठकको शून्य समयमा प्रतिपक्षी दलहरु नेकपा ९एमाले० र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले बजेटमा आफ्ना सुझाव नसमेटिएको भन्दै विरोध जनाउनुभएको थियो ।

बैठकले डा चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जीलाई प्रदेश प्रशासन सेवा, एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । साथै पर्यटन उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजना हेटौँडा र पर्यटन विकास आयोजना, इकाइ कार्यालय, काठमाडौँको म्याद दुई वर्षका लागि म्याद थप्ने निर्णय गरेको छ ।

बैठकले दोलखाको जिरी नगरपालिकामा मानव निर्मित ताल निर्माणका लागि करिब पाँच सय ४१ दशमलव २३ रोपनी व्यक्तिगत जग्गा प्राप्तिका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, दोलखाका प्रमुखलाई जिम्मेवारी दिने निर्णय गरेको आन्तरिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो । रासस