११ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

माओवादी शक्तिहरु एकताबद्ध हुँदैछन्– प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी शक्तिहरु एकताबद्ध हुँदै गरेको बताउनुभएको छ ।

पार्टी निकट अखिल क्रान्तिकारीको स्ववियु काउन्सिलको भेलालाई सम्बोधन गर्दै उहाँले केही समयभित्रै सबै माओवादीहरु एक ठाउँमा आउने बताउनुभयो ।

माओवादीहरु विभाजित हुँदा भ्रम छर्ने र सखाप पार्न विभिन्न शक्तिहरु लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “‘हामीलाई घेरा हाल्ने र सखाप पार्ने प्रतिक्रियावादी रणनीति थियो । हाम्रा सिंग छन्, दाह्रा छन् भनेर अपराधीकरण गरियो । हामीलाई सखाप पार्ने अभियानको प्रतिवाद गरेर अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ ।”

जनयुद्धकालमा जस्तो अहिले पनि प्रतिक्रियावादी जाली, फटाहाहरुको त्यही नीति रहेको भन्दै माओवादीहरु अहिले पनि त्यही डिजाइनअनुसार अघि बढिरहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले माओवादी आन्दोलनमाथि भ्रम फैलाउनेहरुको घेरा तोड्दै प्रतिवाद गर्न निर्देशन दिँदै अहिले माओवादी शक्तिहरु एकताबद्ध भएपछि २०६४ को भन्दा बलियो शक्ति बन्ने दाबी गर्नुभयो ।

माओवादी केन्द्र कमजोर भए पनि देशको राजनीति आफ्नै हातमा रहेको अहिले राज्यको बागडोरको नेतृत्व आफैँले गरिरहेको उहाँको भनाइ थियो ।