
एजेन्सी । भारतको महाराष्ट्रको बुलढानामामा शुक्रबार राति बस दुर्घटना भएको छ ।
नागपुरबाट पुणे जाँदै गरेको बस पोलसँग ठोक्किएर डिभाइडरमा पल्टिँदा आगो लागेको थियो । बस्मामा ३४ जना सवार थिए भने २६ जनाको जलेर घटनास्थलमै मृत्यु भएको थियो ।
बसको झ्यालको सिसा फुटाएर आठजनाले ज्यान बचाएका छन् । बुलढाना जिल्लाको सिन्दखेडराजा नजिकैको पिम्पलखुटा गाउँ नजिक समृद्धि महामार्ग द्रुतमार्गमा बिहान १ः३० बजे दुर्घटना भएको हो । बुलढानाका एसपी सुनील कडासेनले दुर्घटनामा बसका चालक भने बाँच्न सफल भएको बताए ।
टायर फुटेर बसमा आगो लागेपछि दुर्घटना भएको उनले बताए । लगत्तै बसको डिजेल ट्याङ्कीमा आगो लाग्यो, जसका कारण आगो फैलियो । दुर्घटनामा ३ बालबालिकाको पनि मृत्यु भएको छ ।