२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

केन्द्र र सातै प्रदेश सरकारबाट बाहिर भयो एमाले



अ+ अ-

काठमाडौँ । मुख्यमन्त्री हिक्मत कार्की कोशी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असमर्थ रही पदमुक्त भएसँगै नेकपा (एमाले) केन्द्र र सात प्रदेश सरकारबाट बाहिरिएको छ ।

गत पुस १० गते केन्द्रमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपाको गठबन्धन बनेपछि सात मध्ये ४ प्रदेशमा एमालेले सरकार नेतृत्व गरेको थियो । एमालेका खगराज अधिकारी गण्डकी, लिला गिरी लुम्बिनी र सुदूरपश्चिममा राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए । सुदूर पश्चिमका रावल नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि एक महिनामै ढल्न पुगेको थियो ।

फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा केन्द्रमा फेरिएको समिकरणपछि त्यसको प्रत्यक्ष असर प्रदेशमा पर्दै एकपछि अर्को गर्दै एमाले नेतृत्वका सरकार ढल्न पुग्यो । गण्डकीका मुख्यमन्त्री अधिकारी वैशाख ९ गते सरकारबाट बाहिरिएका थिए भने लुम्बिनीका मुख्यमन्त्री गिरी वैशाख ११ गते बाहिरिए ।

यसैबीच कोशी प्रदेशमा सरकारमा अब कसको नेतृत्व रहने भन्ने अन्यौल छ । मधेश प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री रहेका छन् । वागमतीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल, गण्डकीमा कांग्रेसका सुरेन्द्र पाण्डे, लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरी, कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा र सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् ।

यी प्रदेशहरुमध्ये कोशी, मधेश र लुम्बिनीमा एमाले पहिलो दल हो । बागमती र गण्डकीमा दोस्रो दल रहेको एमाले कर्णाली र सुदूरपश्चिममा तेस्रो शक्तिका रुपमा रहेको छ ।