२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राष्ट्रसङ्घका उपमहासचिव जिन–पियरेद्वारा लुम्बिनी भ्रमण



अ+ अ-

लुम्बिनी । संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्सले आज बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गर्नुभएको छ ।

लुम्बिनीमा उपमहासचिव ल्याक्रोइक्सलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी)सहित कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य लगायतले स्वागत गर्नुभएको थियो । त्यस अवसरमा कोषका उपाध्यक्ष मैत्तयले लुम्बिनीको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

राष्ट्रसङ्घको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिवले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा निकै खुसी लागेको र लुम्बिनीको विकासमा संयुक्त राष्ट्र सङ्घले सहकार्य गर्दै आएको बताउँदै आगामी दिनमा त्यसलाई निरन्तरता दिने बताउनुभएको विकास कोषका कोषाध्यक्ष भट्टराई जानकारी दिनुभयो ।

उपमहासचिव ल्याक्रोइक्सले मायादेवी मन्दिर, शान्ति दीप, थाई, कम्बोडियन फ्रान्स र भियतनाम गुम्बाको भ्रमण गर्नुभएको थियो । नेपालको चार दिवसीय भ्रमणका शिलशिलामा उपमहासचिव ल्याक्रोइक्स आज बुद्ध जन्मस्थल लुम्बिनी आउनुभएको हो ।

भ्रमणमा नेपाली सेनाको युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी ताराध्वज पाण्डे, रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीसहित नेपाली सेनाका रथीको उपस्थिति रहेको थियो । रासस

फोटो -सागर पाण्डे