२० बैशाख २०८२, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चार्टर्ड एकाउण्टेनमा भविष्य राम्रो छ: गभर्नर अधिकारी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सम्भावना भएको पेशा चार्टर्ड एकाउण्टेन रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । गभर्नर अधिकारीले विभिन्न संस्कृति र व्यवसायिक अभ्यासहरू बुझ्ने र विश्वव्यापी मानसिकताको विकास गर्ने ज्ञानलाई फराकिलो बनाउन मद्दत गर्ने बताउनु भयो । उहाँले पछिल्लो समय प्रविधिको विकाससँगै चार्टर्ड एकाउण्टेनको काम महत्वपूर्ण हुँदै गएको बताउनु भयो । उहाँले चार्टर्ड एकाउण्टेन पेशालाई रणनीतिक र विश्वसनीय व्यापार साझेदारको रूपमा परिभाषित गर्न आवश्यक रहेको बताउनु भयो।

गभर्नर अधिकारीले भन्नुभयो,‘प्रविधिको विकाससँगै कार्यालयहरुमा चार्टर्ड एकाउण्टेनको काम महत्वपूर्ण हुँदै गइरहेको छ । विश्वव्यापीकरण परिवर्तनहरू चलिरहेको छ । हामीलाई आज थाहा भएको कुराले भोलि काम नगर्न सक्छ, त्यसैले हामीले आफ्नो पेशालाई रणनीतिक र विश्वसनीय व्यापार साझेदारको रूपमा पुन: परिभाषित गर्ने अवसरको रूपमा परिवर्तन गर्दै लैजानुपर्छ । यसबाहेक व्यवसायको विश्वव्यापी प्रकृतिको अर्थ भनेको चार्टर्ड एकाउण्टेन्सी अन्तर्राष्ट्रिय सन्दर्भमा बढ्दो रूपमा अपग्रेड हुँदै गइरहेको छ।’

‘विभिन्न संस्कृति र व्यवसायिक अभ्यासहरू बुझ्ने र विश्वव्यापी मानसिकताको विकास गर्ने आफ्नो क्षितिज फराकिलो बनाउन यो अवसर हेर्नुपनि उत्तिकै महत्वपूर्ण छ। नेपाल र विदेशका सबै सहभागी प्यानल र पेपर प्रश्तुतकर्ताहरूलाई म सन्देश दिन चाहन्छु कि भविष्यमा हाम्रो पेशाको लागि राम्रो र सम्भावना छ ।’

उहाँले विश्वमा पछिल्लो समय अन्तर्राष्ट्रिय रुपमा नै चार्टर्ड एकाउण्टेनको विकास र बिस्तार हुँदै गएको भन्दै भविष्यमा राम्रो सम्भावना रहेको बताउनु भयो।