११ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मुलुकको आर्थिक अवस्था सुधारको बाटोमा: प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको आर्थिक अवस्था सुधारको बाटोमा रहेको जिकिर गर्नुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको ६ महिनाको कार्यप्रगति सुनाउँदै उहाँले जस्तोसुकै निराशावादी पनि अब श्रीलंकाको दुस्वप्नबाट बाहिर आइसकेको बताउनुभयो

“हामीले सरकार सम्हाल्दा गम्भीर प्रकारका आर्थिक समस्या थियो। एउटा भाष्य बनेको थियो आम रूपमा। नेपालको नियति श्रीलंकाकोजस्तै हुनेभयो। यो भाष्य बौद्धि वर्गमा मात्र सीमित थिएन। आमनागरिकसम्म पनि पुगेको थियो”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “टेलिभिजन र मोबाइलको स्क्रिनमा छाइरहेको श्रृलंकाको तस्बिरले सिंगो देशलाई आशंकित पारेको थियो। एक हदसम्म त्रसित बनाएको थियो। जतिसुकै निराशावादी पनि श्रीलंकाको दुस्वप्नबाट जागिसकेको छ।”

अहिले सबैजसो आर्थिक सूचकहरू सकारात्क भएको भन्दै उहाँले यसलाई सरकारको भन्दा पनि राष्ट्रकै उपलब्धिका रुपमा चर्चा गर्नुभयो ।

उहाँका अनुसार पछिल्लो ६ महिनायता विदेशी मुद्रा सञ्चिति २०.९ प्रतिशतले वृद्धि भएको छ। प्रधानमन्त्री प्रचण्डले यसले ९.७ महिनाको बस्तु तथा सेवा आयात धान्न सक्ने सुरक्षित अवस्थामा रहेको बताउनुभयो । व्यापार घाटामा पनि १५.२ प्रतिशतले कमी आएको उहाँको भनाइ थियो ।

यस अवधिमा पर्यटक संख्या दोब्बर बढेको बैंकको ब्याजदर घटेको भन्दै उहाँले चुहावटलाई नियन्त्रण गरेपछि राजश्व परिचालनमा वृद्धि भएको जिकिर गर्नुभयो ।