
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उपप्रमुख सुनिता डंगोलले यस्तो घोषणा गरेकी हुन् ।
उपप्रमुख डंगोलका अनुसार टेलिभिजन स्थापनाका लागि महानगरले ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।