काठमाडौं । प्रहरी प्रधान कार्यलयमा कार्यरत एक प्रहरी सहायक हवल्दार झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।
बूढानीलकण्ठ नगरपालिका वडा नं ७ स्थित हेपाली हाइटमा रहेको निवासमा मृत अवस्थामा फेला परेको प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक अगुर जिसीले न्युजपोलारलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “प्रधान कार्यलयमा कार्यरत सहायक हवल्दार प्रतिज्ञा खत्री झुण्डिएको अवस्थामा फेला परेको छ । थप अनुसन्धान भइरहेको छ ।”
हिजो साँझ मात्र श्रीमानकाे जन्मदिन मनाएको र सामान्य अवस्थामा नै देखिएको घटनास्थलमा रहेका एक व्यत्तिले जानकारी दिए । खत्रीको सात वर्षका छोरी समेत रहेकी छन् ।