१८ बैशाख २०८२, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

घामजस्तै छर्लङ्ग घटनामा न्यायको भिख माग्नु दु:खको कुरा: प्रेम चलाउने



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको धर्नालाई ऐक्यवद्धता जनाउन जिल्ला अदालत, काठमाडौं पुगेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार ब्यानरसहित चलाउनेको धर्नामा ऐक्यवद्धता जनाउन जिल्ला अदालत काठमाडौं पुगेका केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आफूमाथि निर्घात कुटपिट गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयबिरुद्ध चलाउने सोमवार साँझदेखि धर्नामा बस्नुभएको छ । धर्नास्थलमा वैशाखी टेकेर पुग्नुभएका उहाँले घामजस्तै छर्लङ्ग घटनामा न्यायाको भिख माग्नु दु:खको कुरा भएको बताउनु भयो । उहाँले आफू पीडित हो की होइन भन्नेकुरा अदालतले भन्नुपर्ने बताउनु भयो ।

उहाँले अदालतले दिनलाई रात र रातलाई दिन बनाउन नहुने बताउनु भयो । उहाँले मुद्दा फिर्ता लिने कुरा आफूलाई नसोधीकन लिइएको बताउनु भयो । उहाँले सरकार अपराधीको पक्षपोषणमा लागेको र अपराधीहरुले राजनीतिकरण गरेको बताउनु भयो । उहाँले प्राध्यापकमाथि दिन दहाडै आक्रमण हुँदा न्यायको मजाक उडाइएको बताउनु भयो ।

उहाँले अपराधीले सञ्चारमाध्यममा गएर अभिव्यक्ति दिनुले नेपालमा न्याय मरेको अनुभुति भएको बताउनु भयो ।