
काठमाडौँ । वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले आइतबार यसअघि दिइएको ४ दिनको समय सकिएपछि ६ दिनको समय थपेको हो ।
प्रहरीले वन एक्स बेटको प्रवर्द्धन गरेको भन्दै राजु मास्टर, बल्छी ध्रुवे, एलिस राईसहितका कलाकारलाई पक्राउ गरेको थियो ।