काठमाडौं । उचित मूल्य नपाएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजारमा किसानहरूले गोलभेँडा फालेका छन्।
४ रुपैयाँ किलोमा पनि गोलभेँडा ब्रिकी नभएपछि किसानहरुले आज बिहान गोलभेडा फालेर आन्दोलन गरेका हुन् ।
कालीमाटी तरकारी बजारमा भारतीय गोलभेँडा प्रतिकिलो ४० रुपैयाँमा ब्रिकी भइरहदा नेपाली गोलभेँडा भने ६ रुपैयाँ केजीमा ब्रिकी भइरहेको छ ।
नेपाली उत्पादित गोलभेडाले उचित बजार मूल्य नपाउदा किसानले तरकारी बजारमा ल्याएर कालीमाटीभित्र तथा मुख्य गेट नजिकै फालेर आन्दोलन गरेको समितिका सुचना अधिकारी विनय श्रेष्ठले बताए । काठमाडौं, ललिलतपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालरेर विरोध जनाएका हुन्।
https://www.facebook.com/watch/?v=558506569828052