२० बैशाख २०८२, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एक दिन ढिलो गरी भित्रियो यो वर्षको मनसुन



अ+ अ-

काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव छ। कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस वर्षको मनसुन बुधबार नेपाल प्रवेश गरेको छ । पूर्वानुमान गरेको मितिभन्दा एक दिन ढिला गरी मनसुन नेपाल भित्रिएको हो । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भित्रिने मिति जुन १३ अर्थात मंगलबार तय गरेको थियो ।

बंगालको खाडीमा नेपालमा मनसुन भित्र्याउने न्यूनचापीय प्रणालीको विकास र त्यस यात्रामा ढिलाइ हुँदा मनसुन एक दिन ढिला गरी नेपाल आएको विभागले जनाएको छ । नेपालको पूर्वी भेग हुँदै नेपाल प्रवेश गरेको मनसुन बुधबार अपराह्नसम्म कोशी, मधेस र बागमती प्रदेशको अधिकांश भूभाग र गण्डकी प्रदेशको पूर्वी भूमागसम्म फैलिएको छ । देशव्यापी रुपमा मनसुन फैलन अझै केही दिन लाग्ने विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन गण्डकी प्रदेशबाट पश्चिम पुग्न समय लाग्छ । पश्चिम वायुले आफ्नो प्रभाव देखाइरहेकाले अबको तीन दिन हालकै अवस्थामा मनसुनी सक्रियता कायम रहने अनुमान गरिएको छ ।

बिस्तारै पूर्वी वायुले पश्चिमी वायु बिस्थापित गरेपछि मनसुन देव्यापी हुने महाशाखाले औँल्याएको छ । मनसुनको सुरुआती चरणमा वर्षा लगातार नभएर रोक्दिै वर्षा हुने पद्धतिसाथ अघि बढ्ने छ । बर्खे झरीका रुपमा रुपान्तरण हुन अझै बढी जलवाष्पयुक्त बादलको धनत्व बढ्नुपर्ने महर्जनले बताउनुभयो । खण्डित वर्षाका रुपमा कुनै क्षेत्रमा भने भारी वर्षाको सम्भावना कायम रहनेछ । प्रवेशकै सुरुवातमा मकवानपुरलगायत केही क्षेत्रमा भारी वर्षाको रेकर्ड भएको महाशाखाले जानकारी दिएको छ ।

मनसुन भित्रिएसँगै देशका तराई भेगमा छाएको तातो हावा र लु चल्ने क्रममा न्यूनता आउने भएको छ । तथापि मनसुन पूरै फैलिन नसकेका भूभागमा तापक्रमको बढोत्तरी उस्तै दरमा रहने जनाइएको छ । वर्षा भएपछि तापक्रममा स्वतः गिरावट आउने जनाइएको छ । वर्षा भएसँगै पूर्वी, मध्य र पश्चिमका केही भूभागमा तापक्रम थोरै घटेको छ । जसका कारण गर्मीबाट स्थानीयले केही राहत पाएका छन् । वर्षा भएका स्थानमा ३ देखि ५ डिग्री सेल्सियससम्म गिरावट आएको छ । धनगढी, नेपालगञ्जलगायतका क्षेत्रमा भने अझै तापक्रम ४० डिग्रीभन्दा माथि नै छ । पूर्वी तराईमा पनि गर्मीको चाप बढी घट्न सकेको छैन ।