१९ चैत्र २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा कारण देखाउ आदेश



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सो विषयमा कारण देखाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन नेता डा बाबुराम भट्टराईका विरुद्धमा आदेश दिएको हो ।

अदालतले सो मुद्दामा अग्राधिकार हुने आदेशसमेत जारी गरेको छ । तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा भएको सशस्त्र सङ्घर्षमा भाग लिएका कम उमेरका सैनिकलाई अयोग्य ठहर गरेर शिविरबाट बाहिर निकालिएको थियो ।

त्यस निर्णयबाट आफूहरूको व्यवस्थापन नभएको भन्दै अयोग्य लडाकुका रूपमा लेलिन विष्टलगायतले मुद्दा दायर गर्नुभएको थियो ।