
काठमाडौँ । काठमाडौं महानगरपालिका–२३ ओमबहाल माथेमा चोकमा भाइले दाइको हत्या गरेका छन्।
घरायसी विवाद हुँदा २५ वर्षीय सुरज शाक्यले हतौडा प्रहार गरी ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेका हुन् ।
सुरजले आमालाई दाइले गाली गरेको झोंकमा हतौडा प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बताए । घटनापछि फरार रहेका सुरजलाई प्रहरीले मंगलबार बिहान पौने ९ बजे काठमाडौं–२५ सिनामंगलबाट पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।