१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध हुनुको विकल्प छैन: अध्यक्ष नेपाल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफ्नो पार्टी अहिले सत्ता गठबन्धनमा सहभागी भएको र गठबन्धनका घटकहरुका बीचका धाराहरुमा केही मतान्तर हुनु स्वभाविक रहेको बताउनु भयो । उहाँले अहिले सत्ताधारी र विपक्षी गठबन्धन रहेको बताउनु भयो । उहाँले सत्ता बाहिरको गठबन्धनमा संविधानमाथि गम्भीर आघात पुर्‍याउने शक्तिहरु र संघीयतामाथि विश्वास नगर्ने मात्र नभइ संघीयता नै समाप्त पार्ने शक्तिहरु रहेको जिकिर गर्नुभयो । उहाँले अहिलेको गठबन्धन लोकतान्त्रिक र प्रगतिशील गठबन्धन भएको दाबी गर्नुभयो । उहाँले कमजोरीको आलोचना गर्न कमजोरीप्रति लतारिने स्वभाव आफूहरुको नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामी गठबन्धनमा सामेल छौँ । गठबन्धनका घटकहरुका बीचका धाराहरुमा केही केही मतान्तर पनि हुनसक्ला । तर म यसो हेर्दैछु, एउटा सत्ताधारी गठबन्धन छ, अर्को सत्ता बाहिरको गठबन्धन छ । सत्ता बाहिरको गठबन्धनमा कस्ता कस्ता खालका शक्तिहरु छन्, संविधानमाथि गम्भीर आघात पुर्‍याउने शक्तिहरु छन्, संघीयतामाथि विश्वास नगर्ने मात्रै होइन, समाप्त पार्न चाहने शक्तिहरु छन् । अहिलेको गठबन्धन लोकतान्त्रिक हो, प्रगतिशील हो । यस्ता कुरामा कुनै किसिमको धरमरको आवश्यक्ता छैन । कमी कमजोरी हुन्छन्, आलोचना गर्नेपनि हो । कमजोरीप्रति आँखा चिम्लिने पनि होइन । त्यसमा बग्ने, समर्थन गर्नेपनि होइन, लतारिने पनि होइन, किनभने एकता र संघर्ष चलिरहन्छ । अहिलेका सत्ताधारी शक्तिहरु एकतावद्ध भएर अघि बढ्ने कुराको विकल्प छैन ।’

अध्यक्ष नेपालले सबै समाजवादी र वामपन्थी शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनु भयो । उहाँले आफ्नो महत्व र भुमिकालाई अस्स्वीकार गर्नेहरुको चुनौतिको सामना गर्ने बताउनु भयो ।