२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

जलेश्वरमा ट्याङ्करबाट पानी वितरण



अ+ अ-

जलेश्वर । जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ । पछिल्लो समय यहाँका धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ । जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले नगरको विभिन्न वडामा ट्याङ्करबाट पानी वितरण भइरहेको जानकारी दिनुभयो ।

बाह्र वडा रहेको जलेश्वर नगर क्षेत्रभित्र १२ हजार तीन सय ८० घरधुरी रहेकामा प्राय: घरधुरीमा जडान रहेको धारा र चापाकल सुकेर पानी आउन बन्दको जनाइएको छ । मधेस प्रदेशका भू तथा वातावरणविज्ञ बेचन महतोले नगर क्षेत्रभित्रको जलस्तर कम हुँदा पानीका स्रोत सुकेको बताउनुभयो ।

जलेश्वरमा यसअघि कहिले पनि पानीको अभाव नभएको बताइएको छ । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बर्दिबास , गौशाला, भङ्गहा, औरही, बलवा, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकाको समेत पानीको समस्या भएको बताइएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले खानेपानीको अभाव हुन नदिन काम भैराखेको बताउनुभयो । रासस