२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

यस बजेटबाट आशा गर्नु भनेको न्यालको रुप रोपेर स्याउ फलाउन खोज्नु मात्रै हो– गोकर्ण विष्ट



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले गोर्खा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुनेगरी बजेट आएको आरोप लगाउनु भएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भागलिँदै उहाँले सत्तारुढ दलका शिर्ष नेताहरुको पहुँचमा हुने गरी बजेट आएको भन्दै मान्य नहुने बताउनु भएको हो ।

सचिव विष्टले बजेटले मुलुकको आर्थिक मन्दीलाई सम्बोधन गर्न नसक्ने दावी समेत गर्नु भयो । उहाँले बजेटले मुलुकको समस्या समाधान गर्न नसक्ने बताउनुभयो । सचिव विष्टले भन्नु भयो, ‘डडेलधुरामा बजेट बढ्यो रे, गोर्खामा बजेट बढ्यो रे । नुवाकोटमा बजेट बढ्यो रे । क्रमागत आयोजनाहरु काटिन्छन । तर आज केही पहुँचका आधारमा योजनाहरु, बजेटहरु केन्द्रित भएको छ । आज विधि र न्याय स्थापित भएन । एउटा भनाई छ–लथालिंग देशको, भताभंग चाला । जो जसले सक्छ, उसले खाला ।’

‘आज बजेटमा यही प्रकारको अवस्था उत्पन्न भएको छ । आज यो सरकारबाट, यो बजेटबाट आशा गर्नु भनेको न्यालको रुप रोपेर स्याउ फलाउन खोज्नु, सुन्तला फलाउन खोज्नु मात्रै हो । आज यो बजेटबाट धेरै आशा गर्ने ठाउँ छैन । यसकारण विद्यमान आर्थिक संकटको सम्बोधन र मन्दीबाट माथि उठाउनका लागि यो बजेट सफल देखिदैन । र, एउटा भनाई छ–जुनकिरीको पिँधले संसार उज्यालो हुँदैन भनेजस्तै यो बजेटले समस्याको समाधान गर्न सक्दैन ।’

सचिव विष्टले वर्तमान सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले मुलुकमा विद्यमान कुनै पनि समस्या सम्बोधन हुन नसक्ने बताउनु भयो ।