१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराध बढे: मन्त्री शर्मा



file photo
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराधका घटना बढेको बताउनुभएको छ ।

बिहीवार ललितपुरमा आयोजित नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्राविधिक शिक्षाको कमी हुँदा कतिपय युवाहरु बर्बादीको शिकार भइरहेको बताउनु भयो ।

उहाँले साइबर शिक्षा र डिजिटल माध्यमको प्रयोगसम्बन्धी शिक्षा दिन नसक्दा समस्या बढीरहेको बताउनु भयो । सामाजिक सञ्जालको दुरुपयोगका कारण आत्महत्या गर्नुपर्ने स्थिति समेत हुने गरेको भन्दै यसलाई समयमा नै नियन्त्रण र यससम्बन्धी शिक्षा दिन आवश्यक रहेको बताउनु भयो । उहाँले सूचना र प्रविधिमा हुने विकृतिका कारण युवापुस्ताहरु भड्किरहेको बताउनु भयो । उहाँले नेपालमा साइबर सुरक्षा नीति नभएकाले वर्तमान सरकारले त्यससम्बन्धी काम गरिरहेको बताउनु भयो । उहाँले डिजिटल शिक्षालाई जनस्तरमा पुर्‍याउनसके सूचना र प्रविधिसम्बन्धीका धेरै समस्या समाधान हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले यो क्षेत्रको विकास सकारात्मक ढंगले गर्नुपर्छ । यस भित्रका विकृतिहरु हामी देखिरहेका छौँ । हाम्रा भर्खरका किशोरकिशोरीहरु ठिक ढंगले साइबर शिक्षा, डिजिटल माध्यमको प्रयोगसम्बन्धी शिक्षा दिन नसक्दा त्यसको प्रयोगमा चुकिरहेका छन् । मोबाइल प्रयोग कसरी ठिक ढंगले गर्ने, हाम्रो जीवनमा सकारात्मक ढंगले कसरी लागू गर्ने भन्ने कुराको सही शिक्षा दिन नसक्दा हाम्रा किशोरकिशोरीहरु आज बर्बादीको शिकार भइरहेका छन् । सुसाइडको अवस्थामा पुग्नुपर्ने अवस्था भएको छ । यस्ता खालका प्राविधिक सहयोगसँगै हामीले प्रयोग गर्ने मान्छेले नियम, कानून त्यहाँ के गर्ने, के नगर्ने ? भन्ने शिक्षा छैन ।

कस्ता साइट कुन उमेर समूहकाले हेर्ने भन्नेकुराको व्यापक शिक्षा हामीसँग छैन । यो सबैकुरा थाहा नपाउँदा यसबाट आउने विकृति लगायतका कुराबाट हाम्रो युवापुस्ता भड्किएको छ । यसको सही सदुपयोग गर्न र हाम्रो युवा पुस्तादेखि सबै हामी गलत प्रवृत्तिको शिकार नबनौँ भनेर राज्यको जिम्मेवारीमा हामी छौँ । यसमा नीति बनाउने बेलामा ढिलो भइसकेको छ, हामीसँग साइबर सुरक्षा नीति छैन । यसको अन्तिम तयारीमा हामी छाँै । डिजिटल शिक्षालाई व्यापक रुपमा लैजान सकेका छैनौँ । मोबाइलको विकाससँगै त्यो शिक्षालाई पनि अघि बढाउनु पर्छ ।’

मन्त्री शर्माले मोबाइलको विकाससँगै प्राविधिक शिक्षालाई पनि जनस्तरमा पुर्‍याउन जरुरी रहेको बताउनु भयो ।