१७ फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कक्षा ११ का विद्यार्थीको अन्तिम मूल्याङ्कन विद्यालयबाटै



फाईल फोटो
अ+ अ-

काठमाडौं । कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन भने विद्यालयले नै गर्नेछन् । सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ । कक्षा १२ को परीक्षाको विषयमा भने कुनै निर्णय गरिएको छैन । बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनसमेत वैकल्पिक विधिबाट गर्ने प्रस्ताव गरे पनि सरकारले यस विषयमा कुनै निर्णय गरेको छैन । 

गत वर्ष कक्षा १२ मा बोर्डले ४० अङ्कको लिखित परीक्षा लिएको थियो । त्यसबाहेक विद्यार्थीको आन्तरिक मूल्याङ्कन र कक्षा ११ को नतिजालाई समेत आधार मानिएको थियो । 

केही महिना कुरेर भए पनि पुरानै मोडलबाट कक्षा १२ को परीक्षा हुने सम्भावना रहेको जनाइएको छ ।​ यो समाचार गोरखापत्र दैनिकमा छ ।