३ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बजेट सच्याउनुस्, हामी सरकार असफल भयो भन्दैनौं: ओली



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/०८१ को बजेट सच्याउन सरकारसँग माग गर्नु भएको छ ।

बजेट सच्याएसरकार असफल भयो भनेर आफूहरुले नभन्ने अध्यक्ष ओलीको भनाई थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले सत्तारुढ दलहरुले अहंकार देखाएर बजेटमा कमा र फुलिष्टप पनि सच्याउन नचाहे परिणामले सो अहंकारलाई झारिदिने चेतावनी दिनु भयो ।

ओलीले बजेटले उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको कुनै पनि बाटो नदेखाएकाले त्यसलाई सच्याउन उपयुक्त हुने जिकीर समेत गर्नु भयो । उहाँले भन्नु भयो, अव यहाँ सत्ता अहंकार हुन्छ । बजेट सच्याउन मिल्दैन । बजेट सच्याए वापत सरकार असफल भयो भन्दैनौं हामी । सच्याउनुस बजेट । सरकार असफल भयो, सरकारले बजेट फेर्‍यो भन्दैनौं हामी ।

तर सरकार देश र जनताका लागि बजेट सच्याउन तयार होस् । हामी साथ दिन्छौं । तर सत्ता अहंकारले बजेटमा कमा, फुलिष्टप फेरिदैन । हामी जो बाहुबली छांै । टेर्दैनौं भन्नु हुन्छ भने परिणामले तपाईलाई सत्ता अहंकारबाट तपाईको अहंकारको सत्ताको भूत परिणामले झारिदिनेछ ।’

अध्यक्ष ओलीले राजस्व अपचलन हुने गरी बजेट आएको दावी समेत गर्नु भयो ।