१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘ए’ डिभिजन लिगमा आज चार खेल, चर्च ब्वाइजलाई उपाधि उचाल्ने मौका



अ+ अ-

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबार चार खेलहरु हुँदैछन् । दोस्रो लेगको १२ औं चरण अन्तर्गत आज दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने एक–एक खेल च्यासल र एन्फा कम्प्लेक्समा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाईटेड र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

२४ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको चर्च ब्वाइजलाई उपाधि जित्न अब मात्र एक अंकको आवश्यकता रहेको छ । अर्कोतर्फ २४ खेलमा २८ अंकसहित १२ औं स्थानमा रहेको थ्री स्टारलाई रेलिगेसनबाट बच्न आजको खेलमा जितको नतिजा महत्वपूर्ण रहेको छ ।

यस्तै, दशरथ रंगशालामा हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

सातदोबाटो २४ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ भने जावलाखेल २४ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस्तै च्यासल मैदानमा एफसी खुमलटार र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

खुमलटार २४ खेलमा २४ अंक जोडेर पुछारमा रहेको छ भने एपीएफ २४ खेलमा ३० अंक जोडेर नवौं स्थानमा रहेको छ । यस्तै, एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो ३ बजे खेल हुँदैछ ।

आर्मी २४ खेलमा ३० अंक जोडेर आठौं स्थानमा रहँदा पुलिस २४ खेलमा ३७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।