१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘ए’ डिभिजन लिगमा आज चार खेल हुँदै



अ+ अ-

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज चार खेल हुँदैछ । दिउँसो तीन फरक मैदानमा एकैपटक खेल हुनेछ भने साँझ अर्को खेल हुनेछ ।

२४औं चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दुई तथा एन्फा कम्प्लेक्स र च्यासल रंगशालमा एक–एक खेल हुन लागेको हो । उपाधि होडमा रहेको दोस्रो स्थानको मछिन्द्रले च्यासल मैदानमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । खेल तीन बजे सुरु हुनेछ ।

शीर्ष स्थानको चर्च ब्वाइजसँग पाँच अंकले पछि रहेको मछिन्द्रका लागि उपाधि होडमा रहन पुलिसविरुद्ध जित्नैपर्ने दबाब छ । यता, पुलिसलाई पनि आजको खेल जितेर शीर्ष तीनमा रहने मनसायका साथ मैदानमा उत्रनेछ । मछिन्द्रलाई हराएमा पुलिसले तेस्रो स्थानको जावलाखेल युथ क्लबसँग अंक बराबरी गर्नेछ ।

यस्तै, दशरथ रंगशालमा दिउँसो तीन बजे एनआरटी र हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ । शेर्पा २३ खेलमा ३० अंक जोडेर आठौं स्थानमा छ भने समान खेलबाट एनआरटी २९ अंक जोडेर १० औं स्थानमा छ ।

आजको खेलमा विजयी हुने टिम रेलिगेसनबाट लगभग उत्रनेछ । पराजित हुने टिम भने रेलिगेसन दबाबमा हुनेछ । यस्तै, पुछारमा रहेको खुमलटार र रेलिगेसन जोनभन्दा २ अंकले मात्र अघि रहेको संकटा क्लबबीच एन्फा कम्प्लेक्समा तीन बजे खेल हुनेछ । संङ्कटा २३ खेलबाट २७ अंकसहित १२औं स्थानमा छ भने खुमलटार २४ अंकसहित पुछारमा छ ।

यस्तै, रेलिगेसन जोनमा रहेको अर्को क्लब फ्रेण्ड्सले साँझ ६ बजे दशरथ रंगशालमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्दैछ । मनाङ २३ खेलबाट ३१ अंक जोडेर छैटौं स्थानमा छ भने फ्रेण्ड्स २५ अंकसहित १३औं स्थानमा छ ।