![](https://npdemo.kantipurinfotech.com/wp-content/uploads/2023/06/sunkoshi-river.jpg)
काठमाडौं । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोशीमा जीप खस्दा बेपत्ता तीन जनाको खोजी कार्य जारी छ ।
काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीका कर्मचारी सवार बा १ झ ७४६७ नम्बरको जीप सुनकोशीमा खसेको थियो ।
जीपमा चार जना सवार रहेकोमा चालक कृष्ण चौधरी जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको छ ।
गाडी सडक किनारबाट करिब डेढ सय मिटर तल खस्दा बेपत्ता हुनेमा सीटीईभिटीका निर्देशकद्वय कृष्णबहादुर केसी र यामप्रसाद भुर्तेल तथा प्राविधिक अधिकृत भानु पौडेल रहेको प्रहरीले जनाएको छ । उनीहरूको उद्धारका लागि गोताखोरको टोली बोलाइएको छ ।