२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

संसदमा सुमनाले पागलपन भनेपछि रामहरीको आपत्ति, रेकर्डबाट हटाउन माग



अ+ अ-

काठमाडौं । संसदमा बोल्ने क्रममा रास्वपा सांसद सुमना श्रेष्ठले पागलपन भनेपछि कांग्रेस सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन्।

संघीय संसदको संयुक्त बैठकमा सुमनाले बोलेको पागलपन शब्द संसदीय मान्यताभित्र नपर्ने सांसद खतिवडाले तर्क राखे।

‘काम गर्ने तरिका नफेर्ने, तर नजिता बेग्लै चाहिने कुरा पागलपनको डेफिनेसबाहेक केही होइन। नीति तथा कार्यक्रम कर्मकाण्डी भयो भनेर प्रधानमन्त्रीले हिजो यही रोष्ट्रमबाट भन्नुभयो’, बैठकमा बोल्ने क्रममा सुमनाले भनिन् ।

सुमनाको उक्त भनाई पश्चात सांसद खतिवडाले आपत्ति जनाउदै भने, ‘संसदीय व्यवस्थामा हामी संसदीय मर्यादा अनुसार हामी चल्नुपर्छ। सबै शब्द चयन संसदीय व्यवस्थालाई हेरेर गरौँ। पागल र पागलपन संसदीय शब्द होइन। यसलाई रेकर्डबाट हटाइयोस्।’

सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको बताए पनि रेकर्डबाट उक्त शब्द हटाउन अस्वीकार गरे। ‘उहाँले उपमा दिनुभएको छ। कसैलाई पागल भन्नुभएको छैन। त्यस कारण यस्ता कुरालाई ध्यान राख्नुस्’उनले भने ।