१९ चैत्र २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सरकारको नीति तथा कार्यक्रम छोराछोरी जन्माइसकेपछि जन्माउनेबारेको छलफल



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम समयमा प्रश्तुत हुन नसकेको बताउनुभएको छ ।

शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सरकारको नीति तथा कार्यक्रम ढिला गरी प्रश्तुत भएको बताउनु भयो । उहाँले नीति तथा कार्यक्रम समयमा नै छलफल गर्न समय पुग्नेगरी प्रश्तुत हुनेपर्ने समय निर्धारण हुनुपर्ने बताउनु भयो । उहाँले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रम छोराछोरी जन्माइसकेपछिको छोराछोरी जन्माउने बारेको छलफल जस्तोभएको टिप्पणी गर्नुभयो । उहाँले सरकारले आवश्यक्ता हेरेर बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले फ्रिसँग नेपाली जनता, राष्ट्र, समस्याको विषयमा फ्रिसँग बोल्न पाउनुपर्ने हो । तर आज ठूला मान्यज्युहरुलै बोल्दा मनपरी समय निर्धारण नहुने, सांसदले बोल्दा समय तोक्ने कुरा गलत छ । यसलाई सच्याउनुपर्छ । आज हामी यो विषयमा छलफल गर्नु भनेको छोराछोरी जन्मिसकेका छन्, आज हामीले छोराछोरी जन्माउने बारेमा छलफल गरिरहेका छौँ, कुन विषय कहिले उठाउने यसमा कन्फर्म गरौँ । नियमावलीमा करेक्शन गरेर भएपनि समय निर्धारण गरौँ ।’

उहाँले राजश्व नियन्त्रण गर्न नसकेको र मिलिजुली राजश्व छल्ने काम गरिहेको आरोप लगाउनु भयो ।