१६ बैशाख २०८२, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ब्राइटनसँग बराबरीमा रोकियो म्यान्चेस्टर सिटी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा सिटीले ब्राइटनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । यद्यपि सिटीले जारी सिजनको उपाधि भने जितिसकेको छ ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलको २५ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा जुलीओ इन्सीसोले गोल गर्दै ब्राइटनलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

यो नतिजासँगै ब्राइटन लिगको छैटौं स्थानमा रहँदै लिगको अन्त्य गर्ने भएको छ । । एक खेल मात्र खेल्न बाँकी रहँदा ब्राइटनको ३७ खेलबाट ६२ अंक छ । सातौं स्थानमा रहेको एस्टन भिल्लाको समान खेलबाट ५८ अंक छ । सिटी भने ३७ खेलबाटै ८९ अंकका साथ शीर्षस्थानमा यथावत छ ।