१ बैशाख २०८२, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा छात्रवृत्ति प्रदान



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १९८ विद्यार्थीलाई आज ‘एम्बेसेडर अफ पाकिस्तान छात्रवृत्ति’ प्रदान गर्नुभएको छ ।

नेपालस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको ११औँ वार्षिक छात्रवृत्ति पुरस्कार समारोहमा उहाँले यस वर्ष ४३ विद्यालयका १९८ उत्कृष्ट विद्यार्थीलाई एउटा ल्यापटपसहित पुरस्कृत गर्नुभएको हो ।

दूतावासका अनुसार नेपालभरका सम्बन्धित प्रधानाध्यापकहरूद्वारा छानिएका सरकारी विद्यालयका योग्य/उत्तम विद्यार्थीहरूलाई उक्त छात्रवृत्ति प्रदान गरिन्छ ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले पाकिस्तानको निरन्तर सहयोग र दुई देशबीच विशेषगरी शिक्षाको क्षेत्रमा जनता–जनताको सम्पर्कलाई अगाडि बढाएकोमा प्रशंसा गर्नुभयो ।

दूतावासको प्रयासले दुई देशका युवाहरूलाई नजिक ल्याउन निकै लामो यात्रा गरेको उल्लेख गर्दै उहाँले यो नेपाल र पाकिस्तानबीचको घनिष्ट मैत्रीपूर्ण सम्बन्धको प्रतिबिम्ब भएको बताउनुभयो ।

कार्यक्रममा नेपालस्थित पाकिस्तानका राजदूत अबरार एच हाश्मीले छात्रवृत्ति कार्यक्रमलाई थप विस्तार गर्ने र पाकिस्तान–नेपाल द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो संकल्प र इच्छा रहेको बताउनुभयो ।

उनले नेपाली युवाको अध्ययन, खेलकुद र स्वस्थ सामाजिक गतिविधिमा प्रोत्साहन गर्नु नै दुई मुलुकबीचको सहकार्यको मुख्य आधार रहेको बताउनुभयो ।

सन् २०१३ मा सुरु भएको एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति कार्यक्रम विगतका वर्षहरूमा बढ्दै गएको र नेपाली युवाहरूमाझ लोकप्रिय बन्दै गएको दूतावासले जनाएको छ ।