२१ माघ २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडी बढाउनुपर्छ: सांसद पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडी बढाउनुपर्ने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडी बढाउनुपर्ने धारणा राख्नुभएको हो । उहाँले जस्तोसुकै कठिन घडीमा पनि राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडी बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र बुढीगण्डकी आयोजना निर्माणलाई विशेष जोड दिनुभयो । त्यसैगरी काठमाडौँ हुँदै धार्के, मुग्लिन पारी भएर गैडाकोटसम्म जाने सडक निर्माण गर्नुपर्ने र सो को लागि बजेट विनियोजन गर्नुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘जस्तोसुकै कठिन घडीमा हामी गुज्रिएपनि केही राष्ट्रिय गौरवका योजनाहरुलाई अगाडी बढाउनु जरुरी छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, १२ सय मेघावाट उत्पादन हुनसक्ने जलाशययुक्त बुढीगण्डकी आयोजना यस्ता आयोजनाहरुलाई आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेर ल्याउन जरुरी छ । बुढीगण्डकी आयोजनाका लागि त राज्यले १ खर्बभन्दा बढी रकमै संकलन गरिसकेको छ । त्यसको लागि छुट्टै रकम खोजिरहनु नि पर्दैन । राजधानी प्रवेश गर्ने नाका नागढुंगा नाका काठमाडौंको सितापाइलाबाट धार्के निस्कने सडकलाई समानान्तर सडकको रुपमा पारीपारी हुँदै मुग्लिन पारी भएर गैडाकोटसम्म लैजाने सडक निर्माणको नयाँ खाका कोर्नुपर्छ । यो धेरै महत्वको विषय हुन्छ । यसको बारेमा यसैपालि डिपिआर निर्माण गर्ने प्रश्तावसहित बजेटमा उल्लेख हुन सकोस् । म प्रश्ताव राख्न चाहन्छु ।’

उहाँले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई ३ महिना नेपालमै तालिम दिएर पठाउने व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले निति तथा कार्यक्रम पुर्नलेखन गर्नु नपर्ने र प्रतिपक्षको सुझावहरुलाई समेटेर जाँदा राम्रो हुने धारणा राख्नुभयो ।