२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सरकारले सहिदको सूची कुन आधारमा निकाल्यो?– गोकुल बास्कोटा



अ+ अ-

काठमाडौं । प्रतिपक्ष दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले सहिदको सूची कुन आधारमा निकालेको भन्दै प्रश्न गरेका छन्।

आईतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

‘सरकारले झण्डै ६७ हजार जनाको सहिदको सूची निकाल्यो। मेरो जिल्लाको पूर्वमाओवादी नेता यानप्रसाद गौतम सहिद हो कि गद्दार हो ? राजु भुजेल सहिद हो कि गद्दार हो ? जवाफ चाहियो ?’, उनले भने, ‘न राज्य जिम्मा लिन्छ न तत्कालीन विद्रोही ? यो कसरी निकालियो ?’

यस्तै, उनले हिजो पाँचखालमा परेको पानीले सयौँ रोपनी बाली नष्ट गरेको भन्दै बाली बिमा र तटबन्धको निर्माण गर्न माग गरे। उनले धुलिखेलदेखि बनेपासम्मको सडकमा चाँडै बनाउन समेत माग गरे।