
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ १० दलको बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सरकारले ल्याउने नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्रीले दिउँसो साढे २ बजेलाई सिंहरबारमा बैठक बोलाउनुभएको हो ।
छलफलमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका नेताहरुको सुझाव माग्नुहुने आचार्यले बताउनुभयो । सरकारले ५ गते नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ ।
छलफलमा आएका सुझावलाई नीति तथा कार्यक्रममा समेटेर परिमार्जन हुने आचार्यले जानकारी दिनुभयो ।