
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले अयोध्यास्थित राम मन्दिरको दर्शन गर्नुभएको छ ।
पूर्वराजा शाहले आइतबार राम मन्दिर पुगेर भगवान रामको दर्शनगर्नुभएको पूर्वराजा शाहको सचिवालयले जनाएको छ।
पूर्वराजा शाहसँगै पूर्वरानी कोमलले पनि राम मन्दिर पुगेर भगवान रामको दर्शन गर्नुभएको छ ।
पूर्वराजा शाहसंग केही दिन अघि भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटगर्नुभएको थियो ।