९ माघ २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आईपीएलः १६ करोडका स्टोक्सले १५ रन मात्रै बनाउँदा ५० लाखका रहाणेको २६६ रन



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं सिजनको आधा भन्दा बढी खेल सम्पन्न भइसकेका छन् । गत वर्षको डिसेम्बरमा भएको मिनी लिलामीमा धेरै खेलाडीहरु निकै महँगोमा बिक्रि भएका थिए । यस्ता धेरै खेलाडीको प्रदर्शन खासै राम्रो हुन सकेको छैन । तर, धेरै खेलाडीहरू आधार मूल्यमा टोलीमा सामेल भए जसको प्रदर्शन अचम्मको छ ।

यसैबीच त्यस्ता १० क्रिकेटरको चर्चा गरौं, जो लिलामीमा महँगोमा बिक्रि भए तर टोलीका लागि केही खास गर्न सकेनन् । यस्तै, सस्तोमा बिक्रि भई उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूको बारेमा पनि यसैबाट थाहा हुनेछ ।

साम करन, पञ्जाव किंग्स (१८.५ करोड)


आईपीएल २०२३ का सबैभन्दा महँगा खेलाडी, इङ्ल्यान्डका अलराउन्डर साम करनको प्रदर्शन पञ्जाव किंग्सका लागि अहिलेसम्म औसत रहेको छ । पञ्जाव टोलीले सामका लागि १८.५ करोड रुपैयाँ (भारु) खर्च गरेको थियो । उनले एक खेलमा राम्रो प्रदर्शन गरेका थिए । सिजनको ३१औं खेलमा उनले मुम्बई इन्डियन्सविरुद्ध अर्धशतक बनाएर टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । सामले यो सिजन ११ खेलमा अर्धशतकको सहयोगमा १९६ रन बनाएका छन् । यस क्रममा सामको स्ट्राइक रेट १३७.०६ छ । उनको नाममा सात विकेट छन् । उनले ९.५५ इकोनोमीमा रन दिएका छन् ।

क्यामरुन ग्रिन, मुम्बई इन्डियन्स (१७.५ करोड)


अष्ट्रेलियाका स्टार अलराउन्डरको आईपीएलमा यो पहिलो सिजन हो । ग्रीनलाई मुम्बईले १७.५० करोडमा किनेको थियो । अहिलेसम्मको खेलमा ग्रिनले ब्याट र बल दुबैबाट खास केही गर्न सकेका छैनन् । उनले अहिलेसम्म ११ खेल खेलेका छन् र यस अवधिमा कुल २७४ रन बनाएका छन् । आईपीएलमा ग्रीनको उत्कृष्ट स्कोर ६४ रन रहेको छ । उनले ६ विकेट समेत लिएका छन् । बलिङमा उनको उत्कृष्ट प्रदर्शन ४१ रनमा २ विकेट रहेको छ । आगामी खेलमा उनीबाट अझ राम्रो प्रदर्शनको अपेक्षा छ ।

बेन स्टोक्स, चेन्नई सुपर किंग्स (१६.२५ करोड)


इंग्ल्याण्डका स्टार अलराउन्डर बेन स्टोक्सलाई आईपीएल २०२३ को लिलामीमा चेन्नई सुपर किंग्सले १६.२५ करोडमा किनेको थियो । उनले टोलीको अपेक्षा पूरा गर्न सकेनन् । स्टोक्सले गुजरात टाइटन्सविरुद्ध ७ र लखनउविरुद्ध ८ रन बनाएका थिए । लखनउविरुद्ध बलिङ गर्दा स्टोक्सले एक ओभरमा १८ रन खर्चेका थिए । समाचार अनुसार उनी घाइते भएका छन् ।

निकोलस पुरन, लखनउ सुपरजायन्ट्स (१६ करोड)


लखनउ सुपर जायन्ट्सले वेस्ट इन्डिजका विकेटकिपर ब्याट्सम्यान निकोलस पूरनका लागि १६ करोड रुपैयाँ खर्च गरेको छ । उनले खेलेका ११ खेलमा २४.८० को औसतमा २४८ रन बनाएका छन् । यस अवधिमा उनको स्ट्राइक रेट १६०.०० छ । आरसीबीविरुद्ध उनले १९ बलमा ६२ रनको तुफानी इनिङ खेले । यो सिजन उनको ब्याटबाट २४८ रन निस्केका छन् । यस्तो अवस्थामा उनले लखनउलाई अहिलेसम्म निराश पारेका छैनन् भन्न सकिन्छ । तर, टिमले आगामी दिनमा उनीबाट राम्रो प्रदर्शनको अपेक्षा गर्नेछ ।

ह्यारी ब्रुक, सनराइजर्स हैदरावाद (१३.२५ करोड)


सनराइजर्स हैदरावादलाई १३.२५ करोड भारुमा बेचेको ह्यारी ब्रुकको ब्याट अहिलेसम्म मौन छ । इंग्ल्याण्डका ब्याट्सम्यान ह्यारीले अहिलेसम्म टिमका लागि खासै योगदान दिन सकेका छैनन् । यो ह्यारीको डेब्यु सिजन हो । केकेआर विरुद्ध ब्रुकको शतक बाहेक उनको प्रदर्शन कमजोर रह्यो । हालसम्म खेलेका ९ खेलमा ह्यारीले १२१.६४ स्ट्राइक रेटमा १६३ रन बनाएका छन् । टोलीले अन्तिम खेलमा ब्रुकलाई प्लेइङ–११ मा पनि राखेन । उनको प्रदर्शनलाई हेरेर उनी अहिलेसम्म फ्लप नै रहेको बुझ्न सकिन्छ ।

सुयश शर्मा, कोलकाता नाइट राइडर्स (२० लाख)


सुयश शर्मा पहिलो पटक आईपीएल खेल्दैछन् । उनको उमेर १९ वर्ष मात्र छ । उनले लेगब्रेक बलिङ र दाहिने हातले ब्याटिङ गर्छन् । आईपीएल २०२३ को मिनी लिलामीमा केकेआरले यी भारतीय मिस्ट्री स्पिनरमाथि बाजी लगायो । टोलीले उनलाई २० लाखको आधार मूल्यमा किनेको थियो । यसअघि सुयशले लिस्ट ए, फर्स्ट क्लास वा टी–२० खेल खेलेका छैनन् । उनले कोलकाताका लागि अहिलेसम्म ८ खेलमा १० विकेट लिएका छन् । उनको इकोनोमी रेट ८.०६ छ। सुयशले धेरै खेलमा म्याच विनिङ इनिङ खेलेका छन् ।

साई सुदर्शन, गुजरात टाइटन्स (२० लाख)


२१ वर्षीय साई सुदर्शनले यो सिजन घाइते केन विलियम्सनको स्थानमा टोलीमा खेल्ने मौका पाएका छन् । आईपीएल २०२३ मा गुजरातले साईलाई २० लाखको आधार मूल्यमा राखेको थियो । साईले गत वर्ष आईपीएलमा डेब्यु गरेका थिए । अलराउन्डरले यो सिजन पाँच खेलमा दुई अर्धशतक सहित १७६ रन बनाएका छन् । दिल्लीको अरुण जेटली स्टेडियममा भएको सिजनको आठौं खेलमा गुजरात टाइटन्सले आयोजक दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा गुजरात टाइटन्सको यो लगातार दोस्रो जित थियो । साई सुदर्शन यस जितको सबैभन्दा ठूलो हिरो थिए । तेस्रो नम्बरमा ब्याटिङ गर्दै २१ वर्षीय साईले ४८ बलमा अविजित ६२ रन बनाए ।

अजिंक्य रहाणे, चेन्नई सुपर किंग्स (५० लाख)


यस सिजन अजिंक्य रहाणे फरक फर्ममा छन् । उनले यस वर्षको आईपीएलमा पावरप्लेमा २२२.२२ को स्ट्राइक रेटमा रन बनाएका छन् । ब्याट्सम्यानलाई चेन्नईले यस वर्ष ५० लाखको आधार मूल्यमा टोलीमा समावेश गरेको थियो । मुम्बईविरुद्ध चेन्नई समस्यामा परेको बेला रहाणेले २७ बलमा ६१ रनको इनिङ खेल्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । बैंगलोरविरुद्ध ऋतुराज गायकवाड चाँडै आउट भएपनि रहाणेले २० बलमा ३७ रन बनाए । केकेआर विरुद्ध उनले २९ बलमा अविजित ७१ रन बनाए । रहाणेले फिल्डिङसँगै ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । जारी सिजनमा रहाणेले ९ खेलमा दुई अर्धशतक सहित १७१.६१ को स्ट्राइकमा २६६ रन बनाएका छन् ।

मयंक मार्कण्डे, सनराइजर्स हैदरावाद (५० लाख)


आईपीएल २०२३ मा सनराइजर्स हैदरावादको प्रदर्शन हाल सम्म केहि विशेष भएको छैन । तर, बलर मयंक मार्कण्डे हाल एसआरएचका लागि सर्वाधिक विकेट लिने बलर हुन् । इकोनोमी रेटको हिसाबले, आईपीएल २)२३ मा उनको प्रदर्शन पर्पल क्याप दावेदारहरू भन्दा पनि राम्रो छ । मयंकले यो सिजन हैदरावादका लागि ८ खेल खेलेका छन् र ११ विकेट लिएर छाप छोडेका छन् । यस अवधिमा उनको इकोनोमी रेट ७.३१ छ । एसआरएचले मयंकलाई उनको आधार मूल्य ५० लाखमा किनेको थियो ।

सिकन्दर रजा, पञ्जाव किंग्स (५० लाख)


जिम्बाब्वेका अलराउन्डर सिकन्दर रजाले आईपीएल २०२३ मा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनलाई पञ्जाब किंग्सले लिलामीमा ५० लाखमा किनेको थियो । रजाले चालू सिजनको पहिलो तीन खेलमा खासै केही गर्न सकेनन् र चौथो खेलमा समेत खेल्न सकेनन् । रजाले ५औं खेलमा फेरि मौका पाए र उनले लखनउ सुपरजायन्ट्स (१५ अप्रिल) विरुद्धको अवसरलाई सदुपयोग गरे र आफ्नो पहिलो आईपीएल अर्धशतक पूरा गरेर टोलीको जितमा महत्वपूर्ण भूमिका खेले । त्यसपछि रजाले केही महत्वपूर्ण अवसरमा टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेका छन् ।