२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भ्रष्टाचारमा नाम जोडिएका सांसदहरुको राहदानी तुरुन्त जफत गरियोस्: डिपी अर्याल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरुको राहदानी जफत गर्न माग गर्नुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरु देश छोडेर भाग्नसक्ने खतरा भएको भन्दै राहतदानी तुरुन्त जफत गर्न माग गर्नुभएको हो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र रुपले काम गर्न दिनुपर्ने र प्रहरीले जुटाएको प्रमाण बीचमै हराउनु नहुने पनि बताउनु भयो । उहाँले अपराधीलाई बचाउन खोजेमा रास्वपाले सडक र सदन दुवैमा जनताको आक्रोशलाई साथ दिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘भूटानी शरणार्थीको विषय शुरुवात मात्रै हुन् । यस्ता हजारौँ भ्रष्टाचारका फाइलहरु खोल्दै जानुपर्ने छ । सरकारले खुट्टा नकमाओस् । प्रहरीलाई स्वतन्त्र रुपले काम गर्न दिनुपर्छ । तर प्रहरीले पनि मेहनत गरेर जुटाएको प्रमाण बीचैमा हराउनु हुँदैन । खबरदार । अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भागबन्डाको नियुक्ती हुन्छ भनेर यही रोष्टमबाट पटक–पटक भनिएको सबैलाई याद होला । खबरदार अपराधीलाई कुनै हालतमा बचाउन खोजियो भने राष्ट्रिय स्वतन्त्र पार्टीले सदन, सडक दुवैमा जनताको आक्रोशलाई साथ दिनेछ । देश छोडेर भाग्नसक्ने खतरा भएकोले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरुको राहदानी तुरुन्त जफत गरियोस् ।’

उहाँले पार्टीभित्र भ्रष्टहरु पालेर संसदमा ठुला कुरा नगर्न राजनीतिक दलहरुलाई चेतावनी दिनुभयो ।