
काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।
बालुवाटारमा जारी छलफलमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । बैठकमा टीआरसी विधेयक, संवैधानिक परिषद् सम्बन्धी विधेयक र नागरिकता विधेयकलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।