१९ चैत्र २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

शरणार्थी प्रकरणमा केपी ओलीमाथि पनि छानबिन हुनुपर्छ – मेटमणि चौधरी



अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नक्कली शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्रीको हिसाबले केपी शर्मा ओलीमाथि पनि छानबिन हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले तत्कालीन गृहसचिव र बहालवाला सचिवलेसमेत स्वीकार गरिसकेको भन्दै त्यतिबेलाको सरकारको नेतृत्व गरेका ओलीलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

‘तत्कालीन गृहसचिवले समेत नेपालीलाई भुटानी बनाउन खोजिएको विषय स्वीकार गरिसकेको अवस्था छ । तत्कालीन समयमा मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीको नामसमेत मुछिन थालिएको छ र स्वीकार गर्ने क्रम जारी छ । मलाई के लाग्छ भने तत्कालीन सरकार नै यो आपराधिक कार्यक्रम लागेको छ । त्यतिबेलाको प्रधानमन्त्रीलाईसमेत कारबाहीको दायरामा ल्याउनुपर्छ,’ पूर्वमन्त्रीसमेत रहेका चौधरीले भने ।