१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दुई खेल अगावै पाकिस्तानले जित्यो सिरिज



Pakistan’s cricketers celebrate after winning the series against New Zealand [Asif Hassan/AFP]
अ+ अ-

एजेन्सी । पाकिस्तानले बुधबार भएको तेस्रो ओडिआई खेलमा न्युजिल्यान्डलाई २६ रनले हराउँदै दुई खेल अगावै सिरिज हात पारेको छ । पाँच खेलको ओाडिआई सिरिजमा पाकिस्तानले ३–० को अग्रता लिएसँगै सिरिज आफ्नो नाममा गरेको हो ।

जितको लागि २ सय ८८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४९.१ ओभरमा २ सय ६१ रन बनाउदै अलआउट भयो । न्युजिल्यान्डका ओपनर टम ब्लन्डेलले ७८ बलमा ७ चौकासहित ६५ रनको अर्धशतकिय ईनिङ खेले। अर्का ओपनर विल योंगले ४१ बलमा ३ चौकासहित ३३ रन बनाउदा डर्याल मिचेल २१, मार्क च्यापम्यान १३, हेनरी निकोलस १, एडम मिल्ने ३ र हेनरी शिफ्ले ७ रनमा सिमित रहे ।

यस्तै, कोले म्याककोन्ची ४५ बलमा ६ चौका र २ छक्कासहित ६४ रनमा नटआउट रहँदा टम लाथम ४५ रनमा आउट भए ।

बलिङतर्फ पाकिस्तानका शाहिन अफ्रिदीले नौ ओभरमा ५३ रन खर्चेर दुई विकेट लिए । यस्तै, नसिम शाह र मोहम्मद वासिम जुनियरले समान दुई दुई विकेट लिदा अघा सलमानले एक विकेट लिए ।

त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङको गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८७ रनको योगफल बनायो । पाकिस्तानका इमाम उल हकले १ सय ७ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ९० रन बनाए। कप्तान बाबर आजम ६२ बलमा ३ चौका र १ छक्कासहित ५४ रन बनाउदा ओपनर फखार जमान १९ रनमा आउट भए ।

यस्तै, अब्दुल्लाह शफिक १९, मोहम्मद रिजवान ३२ र अघा सलमान ३१ रनमा आउट हुँदा मोहम्मद नवाज ११ र शादब खान २१ रनमा नटआउट रहे ।

न्युजिल्यान्डका म्याट हेनरीले १० ओभरमा २ मेडनसहित ३ विकेट लिए । एडम मिल्नेले १० ओभरमा १ मेडनसहित २ विकेट लिए ।

यसै सिरीजको पहिलो खेलमा पाकिस्तान ५ विकेटले विजयी भएको थियो भने दोस्रो खेल ७ विकेटले जितेको थियो । अब बाकिँ रहेको दुई खेल शुक्रबार र आइतबार हुनेछ ।