३० चैत्र २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा संलग्न दुई जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

मोरङ । आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा संलग्न २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–४ बस्ने ५५ वर्षीय प्रगती भन्ने गति पोखरेल र सोही महानगरपालिका–४ बस्ने ३६ वर्षीया सविना पोखरेल रहेका छन् ।

विराटनगर महानगरपालिका–३ बस्ने गोविन्द प्रसाद नेपालले वैशाख १४ गते विहान सोही महानगरपालिका–४ तित्रिगाछी भन्ने स्थानमा आफ्नै शरीरमा प्रज्वलनशिल पदार्थ खन्याई आगो लगाई आत्महत्या गर्न प्रयास गरेकोमा तत्काल उपचारको लागि विराटनगरस्थित रेडप्लस अस्पताल लगिएकोमा उपचारको क्रममा वैशाख १५ गते मृत्यु भएको थियो ।

उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङमा आत्महत्या गर्न दुरूत्साहन गरेको मुद्दाको जाहेरी परेकोमा उक्त कार्यालयबाट खटिएको प्रहरीले घटनामा संलग्न गति पोखरेललाई उनकै घरबाट र सविना पोखरेललाई झापा कमल गाउँपालिका–४ बाट पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत मोरङबाट आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ ।