१६ बैशाख २०८२, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

चेल्सीलाई हराउँदै आर्सनल पुनः शीर्षस्थानमा उक्लियो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सहज जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा आर्सनलले लण्डन प्रतिद्वन्द्वी चेल्सीलाई ३–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन मार्टिन ओडेगार्डले दुई तथा गाब्रियल जेसुसले एक गोल गरे । चेल्सीका नोनी माडुएकेले एक गोल फर्काए ।

लण्डन डर्बीको १८ औं मिनेटमा नै ओडेगार्डले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । ग्रानिट जाकाले क्रस गरेको बललाई उनले वान टचमा गोल गरे ।

यस्तै, ३१ औं मिनेटमा ओडेगार्डले दोस्रो गोल गर्दै टोलीलाई अग्रता दोब्बर पारे । जाकाले नै उपलब्ध गराएको पासलाई पुनः ओडेगार्डले वान टच मै गोल गरे । ३४ औं मिनेटमा जेसुसले गोल गर्दै आर्सनललाई ३–० गोलले अघि बढाए ।

६५ औं मिनेटमा माडुएकेले गोल गर्दै चेल्सीलाई १–३ को स्थितीमा लगे । त्यसपछि खेलमा थप गोल हुन सकेन र आर्सनल विजयी बन्यो ।

जितसँगै आर्सनल पुनः अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । आर्सनलको ३४ खेलबाट ७८ अंक छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ३२ खेलबाट ७६ अंक छ । यस्तै, चेल्सी ३३ खेलबाट ३९ अंकका साथ १२ औं स्थानमा छ ।