१९ बैशाख २०८२, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

टस जितेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र बेञ्चमा



अ+ अ-

काठमाडौँ । एसिसी मेन्स प्रिमियर लिगको फाइनल खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा केही बेर अघि नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो ।

आजको खेलमा पछिल्ला केही खेलयता राम्रो प्रदर्शन गर्न नसकेका दीपेन्द्र सिंह ऐरीलाई बेञ्चमा राखिएको छ भने उनको स्थानमा गुलशन झालाई समावेश गरिएको छ । आजको खेलमा विजयी भए नेपाल एसिया कपका लागि छनोट हुनेछ ।

आजको खेलको विजेताले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानको समूहमा पर्नेछ । समूह ए मा भारत र पाकिस्तानसँगै आजको खेलको विजेता रहनेछ । साथै समूह बीमा बंगलादेश, श्रीलंका र अफगानि आजको खेल पानीका कारण अवरुद्ध भए रिजर्भ डे अन्तर्गत भोलि खेल खेलाइनेछ । यदि भोलि पनि वर्षाका कारण नतिजा नआए दुई वटा सुपर ओभर खेलाइनेछ । सुपर ओभरबाट पनि नतिजा नआएमा वरियताका आधारमा नेपाल एसिया कपमा स्वतः छनोट हुनेछ ।

यसअघि शनिबार भएको सेमिफाइनलमा नेपाल र कुबेतको खेल वर्षाका कारण रद्द भएपछि समूह चरणमा विजेताका रुपमा नेपाल फाइनलमा पुगेको हो भने यूएईले डिएल पद्धतिका आधारमा ओमानलाई दुई रनले पराजित गरी फाइनलमा प्रवेश गरेको हो ।